Prakash Adhikari February 14, 2021

काठमाडौं, २ फागुन । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण ५० जना घाइते भएका छन् ।

तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको छ । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।

भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो । तर सुनामीको चेतावनी भने दिइएको छैन । जापानमा यसअघि सन् २०११ मा फुकुशिमामा भूकम्प पछि आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो । एजेन्सी

 

Share Now

Leave a comment.