Prakash Adhikari February 21, 2021

काठमाडौं, ९ फागुन । प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनता समाजवादी पार्टीले देशभरका स्थानीय तहमा प्रदर्शन गरेको छ।

यसै क्रममा सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटन विरुद्ध  काठमाडौको रत्नपार्कमा नारा लगाउदै जुलुस प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ।

प्रदर्शनकारीहरुले असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर भन्ने ब्यानर बोकेका थिए भने सरकार विरोधी नारा पनि लगाएका थिए ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानले नदिएको अधिकार उपयोग गरी प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि ५ बर्षको आयु किटान भएको प्रतिनिधिसभालाई विघटन गरी राष्ट्रपतिले आउदो बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गर्नुभएको थियो । चुनावको घोषणा भएपछि देशभर सो कदमको विरोध भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीमा बहुमतमा रहेको असन्तुष्ट समूह, प्रतिपक्षी नेपाली कांग्रेसर र संसदमा तेस्रो स्थानमा रहेको जनता समाजवादी पार्टीले पुसयता निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आज देशभरिका सम्पूर्ण महानगर, उप(महानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध कार्यक्रम गरेको छ।

 

Share Now

Leave a comment.