Prakash Adhikari February 23, 2021

काठमाडौँ, ११ फागुन । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आ–आफ्ना प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गर्नुभएको छ । उहाँले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गर्नुभएको छ ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको र फैसलाले सत्यको जित भएको भन्दै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्चलाई धन्यवाद दिँदै आफूले भन्दै आएको र सत्यभन्दा माथि शासक हुन नसक्नेसमेत स्पष्ट पार्नुुभयो ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वाेच्चको स्वागतयोग्य भएको र यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वाेच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of tree and text that says 'Prof. Dr. Shashank Koirala Nepali Congress Member Parliament (B”rg Ûuwa) Representatives) 977-9851089833 डा. शशांक कोइराला महामन्त्री संसद सुस्तापूर्व) (प्रतिनिधी ९७७-९८५१०८९८३३ मिति प्रेस विज्ञप्ती २०७७ ११ निरंकुश पंचायती शासन व्यवस्थामा पनि बीपी, गणेशमानले न्यायालय माथि ठुलो आस्था गर्नुभयो उहाहरु माथि लागेका भुट्टा मुद्धा सम्मानीत अदालतले खारेज गरेको इतिहास सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनस्थापनाको फैसला स्वागत योग्य ऐतिहासिक फैसलाले स्वतन्त्र न्यायपालिका, संबैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आम नेपाली जनताको भरोसा टुदनबाट जोगाएको विश्वास आगामी दिनमा पनि देश जनताको आस्थाको केन्द्रविन्दुको रुपसा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास लिएको जय नेपाल शशांक कोइराला महामन्त्री Email: koirala.shashank@gmail.com'

कांग्रेसको संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले सर्वोच्च अदालतको यस फैसलाले अव कुनै पनि निरंकुश व्यक्तिले संविधानसभाबाट निर्मित संविधानको अपब्याख्या गरेर जनताको लोकतान्त्रिक अधिकार अपरहण गर्न नसक्ने स्पष्ट पारेको बताउनुभएको छ ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको र फेरि एकपटक विधिको शासनको जित भएको उल्लेख गर्नुभएको छ ।

 

कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउनुभएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा संविधान रक्षा गर्दै जनताको जित भएको बताउनुभएको छ ।

युवा नेता गगनकुमार थापाले पनि सामाजिक सञ्जालमार्फत अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताउनुभयो । ·

  हामी सवैलाई बधाई!

संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।


कांग्रेसका नेता नवीन्द्रराज जोशीले सर्वोच्च अदालतको निर्णयले संविधान र लोकतन्त्रको रक्षा गर्नुको साथै अधिनायकवादलाई परास्त गरेको बताउनुभएको छ ।


Share Now

Leave a comment.