काठमाडौं, २४ फागुन । बामपन्थी नेता ऋषि कट्टेलले आफ्नो पार्टीको नामसंग मिल्दोजुल्दो गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निर्माण गरी निर्वाचन आयोगले दर्ता गरेकोले सो बदर गराई आफ्नो पार्टीलाई आधिकारिक मान्यता दिलाउन सर्वोच्च अदालतमा दिनुभएको रिट निवेदनमा आइतबार(फागुन २३) गते भएको फैसला कट्टेलको पक्षमा गएको छ ।
कट्टेलले आफ्नो पार्टीलाई आधिकारिक मान्यता दिन र सोसंग मिल्दोजुल्दो पार्टी गठन गर्ने निर्वाचन आयोगको निर्णय वदर गर्न गरेको निवेदनमा सर्वोच्च अदालतले सत्तारुढ नेकपाको एकीकरण नै अवैध भएको भन्दै एकीकरण अगाडिका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अस्तित्व यथावत रहेको फैसला गरेको छ । रिट निवेदकले माग नगरेको विषयमा प्रवेश गरेर अदालतले दिएको फैसलालाई केहीले राजनीतिक भनेर पनि टिप्पणी गरेका छन् । प्रस्तुत छ,अदालतको फैसला जस्ताको तस्तै :



















