Prakash Adhikari March 10, 2021

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ ।

भेट प्रधानमन्त्री के.पी.शर्मा ओलीको प्रतिगमनकारी सरकारबाट मुलुकलाईमुक्त गरी अग्रगामी सरकार गठनका विषयमा केन्द्रित हुने बताइएको छ ।

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

माओवादीले बनायो समिति

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकार हटाएर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन एकै मोर्चामा उभिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभएको छ ।

 

Share Now

Leave a comment.