विण्डहक(नामिबिया), २४ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन(२ अन्तर्गत नेपाल र नामिबियाबीच हुने खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।
क्रिकेट नामिबियाले आफ्नो अधिकारिक फेसबुक पेजमा जानकारी गराए अनुसार प्रतियोगितामा नामिबियाले खेल्ने सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ।
नेपालले आफ्नो पहिलो खेल आयोजक नामिबियासंग बिहिबार ( फेब्रुअरी ८ )मा खेल्दैछ। एफिस पार्क मैदान, विन्डहकमा हुने खेल नेपाली समय अनुसार १स्१५ बजे दिउसो सुरु हुनेछ।
डिभिजन २ प्रतियोगितामा नेपाल र आयोजक नामिबिया सहित केन्या, ओमान, युएई र क्यानडा गरि कुल ६ टोलीै प्रतिस्पर्धा गर्दैछन् ।
६ टोली मध्ये उत्कृष्ट हुने २ टिमले २०१९ को बिश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट प्रतियोगिता खेल्ने मौका पाउनेछ।
प्रतियोगिताको आयोजक नामिबियाकोसंग खेलेपछि नेपालले दोश्रो खेल फेब्रुअरी ९ मा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ मा युएईसंग, चौथो खेल फेब्रुअरी १२ मा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ मा खेल्नेछ।
प्रतियोगिताको पहिलो दिन ३ वटा खेलहरु सम्पन्न हुनेछन्। पहिलो दिन केन्या र युएई, नेपाल र नामिबिया तथा क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्।