धरान(सुनसरी), २४ माघ । २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार धरान रङशालामा सम्पन्न पहिलो सेमिफाइनलमा संकटालाई २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
रेजिन सुब्बाले पुलिसलाई ५४ औ मिनेट मा अग्रता दिलाए ।
६४ औ मिनेटमा संकटाका प्रकाश बुढाथोकीले खेललाई १-१ को बराबरीमा पुर्याए ।
निर्धारित समयमा १-१ को बराबरी भएपछि थपिएको थप समय १०१ औ मिनेटमा बुद्ध लामाले निर्णायक गोल गरे।
संकटाका प्रकाश बुढाथोकी म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि दोस्रो सेमिफाइनल खेल थ्री स्टार क्लब र दुर्गापुर स्टिल कोलकाताबीच हुनेछ ।
साबिक बिजेता पुलिसले फाइनल खेल थ्री स्टार क्लब र दुर्गापुर, कोलकाताको बिजेतासँग माघ २७ गते खेल्नेछ।
इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजनमा धरान फुटबल क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।




















