बीरेन्द्रनगर(सुर्खेत), २४ माघ । प्रदेश ६ मा आज सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका घोषित परिणाम बामगठबन्धनको पक्षमा गएको छ ।
घोषित मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।
नरपतिले तीन हजार ६ सय ६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९ सय ६० मत ल्याए ।
यस्तै जीवनले ३ हजार ७ सय २० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शर्माले ९ सय ७८ मत ल्याए ।
अन्य ६ पदको मतगणना भने जारी छ ।