Prakash Adhikari February 7, 2018

विराटनगर(मोरड.),२४ माघ । प्रदेश १ मा राष्ट्रिय सभाका दलित र अपांग तथा अल्पसंख्यक आरक्षित सीटका लागि आज भएको निर्वाचनमा वाम गठबन्धनकातर्फबाट मैदानमा उत्रिएका एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा बुधवार अपराह्न सम्पन्न मतगणनामा दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन ।

उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८ सय ३२ मत प्राप्त गरे ।

उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको एक जनाको मत बदर भएको छ ।

यस्तै अपांगतारअल्पसंख्यक पदमा पनि वाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका एमालेका अगमप्रसाद बान्तवा राई बिजयी भएका छन ।

राईले ६ हजार १ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत प्राप्त गरे ।

यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

Share Now

Leave a comment.