काठमाडौं, ३० चैत्र । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृशोक परेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।


















