Prakash Adhikari June 3, 2021

काठमाडौँ, २० जेठ (रासस) ।  पछिल्लो २४ घण्टामा ६  हजार ८ सय २५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

देशभर कूल २१ हजार ७ सय ७३ नमुना परीक्षण गरिएको थियो ।

त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५ सय ६२ र एन्टिजेन विधिबाट ३ हजार २ सय ११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै ५  हजार ९ सय ४ जना निको भएका छन् ।

नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ७  हजार ६ सय ३० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ५   लाख ७६ हजार ९ सय ३६ जना कोरोना सङ्क्रमित हुँदा ४ लाख ६७ हजार ४ सय ६७ जना निको भएका छन् ।

पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या १ लाख ७५ हजार ८ सय ५२ रहँदा एक हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १ सय ७४ छन् भने निको भएका १५ हजार ९ सय ३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३ सय २९ जनाको ज्यान गएको छ ।

उता ललितपुरमा सक्रिय सङ्क्रमित ६ हजार ४० छन् । कूल २७ हजार ७ सय २४ जना निको हुँदा ४ सय ५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।

 

Share Now

Leave a comment.