काठमाडौं, २३ जेठ । आइतवार नेपालमा थप ३ हजार ४ सय ७९ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल आईसीयूमा १ हजार ४ सय ४२ र भेन्टिलेटरमा ३ सय ८१ जना रहेका छन्।
विगत २४ घण्टामा काठमाडौंमा ७ सय ३१, ललितपुरमा २ सय ५४ र भक्तपुरमा १ सय ४६ गरी कुल १ हजार १ सय ३१ जना सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट १३ हजार ७ सय ३३ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
नेपालमा सरदर २८.९ प्रतिशत सङ्क्रमण दर रहेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६ हजार ६ सय ३६ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले विभिन्न स्थानमा ६ हजार ५ सय १४ जना बिरामी संस्थागत आइसोलशनमा छन्।
नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष सङ्क्रमित छन्।
४७ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।


















