सन्दीपले प्रश्न गरे ,” यो देशको खेलाडीहरुले कहिले त्यो सम्मान पाउनेछन् जसको हकदार छन् ?”
काठमाडौं, २३ जेठ । नेपाली क्रिकेटका आशालाग्दा प्रतिभा सन्दीप लामिछानेको खेल यात्रा व्यवस्थापनमा गम्भीर कमजोरी उजागर भएको छ । यही कमजोरी कारण उनले बेलायतको एक प्रतिष्ठित क्रिकेट खेलमा गरेको करार रद्ध हुन पुगेको छ र एख विश्व विख्यात प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा देखाउने र राष्ट्रलाई चिनाउने अवसरका साथै आकर्षक पारिश्रमिक पनि उनले गुमाएका छन् ।
बेलायतको भिसा आउन ढिलाइ भएका कारण सन्दीप लामिछानेले इंग्ल्यान्डको ‘भाईटालिटी टि -२० ब्लास्ट’ प्रतियोगिता गुमाएका हुन।
उनलाई वर्सेस्टरशायर र्यापिडले पहिलो पटक अनुबन्ध गरेको थियो।तर सन्दीपले समयमा नै भिसा पाउन नसकेको र बेलायत पुगेर पनि दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा धेरै खेल गुमाउन सक्ने भएकोले वर्सेस्टरशायरले उनीसंगको करार भग गरेर न्युजिल्याण्डका इश सोढीलाई उनको स्थानमा खेल्न अनुबन्ध गरिसकेको छ ।
बेलायतको चर्चित प्रतियोगिता खेल्ने अवसर गुमाउदा सन्दीप निकै चिन्तित भएका छन् ।शनिवार राति आफ्नो फेसबुक लाइभमार्फत सन्दीपले आफ्नो कन्ट्रयाक्ट रद्द भएकोमा निकै निराश र भावुक देखिएका थिए। उनले भिसा प्राप्त गर्न भएको विलम्बले यो स्थिति आएको बताएका छन् ।
https://t.co/oJjCQiZBy1 via @FacebookWatch
— Prakash Adhikari (@Prakash82846939) June 6, 2021
जुन ९ बाट सुरु हुने ‘भाईटालिटि टि २० ब्लास्ट’ प्रतियोगिताका लागि सन्दीप मे २७ तारिखमा इंग्ल्यान्ड पुगि सक्नुपर्ने थियो । त्यसो भएको भए उनी १४ दिन क्वारेन्टाइनमा बसेर आफ्ना टिमका सबै खेलमा सहभागी बन्न पाउथे तर दूतावासले उनर्ला जुन ४ मा मात्र भिसा दियो । जसका कारण उनी इंग्ल्याण्ड पुगे पनि पहिलो चरणका अधिर्काश खेल गुमाउने स्थिति बन्यो ।
प्रतियोगिता जित्ने आशामा विश्वका छानिएका खेलाडीहरुलाई महंगो पारिश्रमिक दिएर भित्र्रयाउने प्रतिस्पर्धी टिमले खेलमा उपस्थित हुन नसक्ने खेलाडीको लागि मैदान खाली राख्ने अवस्था नहुने भएकोले उनी आबद्ध क्लबले उनीसगको संझौता रद्द गरेर न्यूजिल्याण्डका लेग स्पिनर इश सोढीलाई अनुबन्ध गरिसकेको छ ।
नेपाल जस्तो एसोसिएट राष्ट्रको खेलाडीको लागि इंग्ल्यान्डको चर्चित प्रतियोगिता खेल्न पाउनु ठूलो अवसर हो केही महिना पहिले नै आफ्नो करार भैसकेको सो खेलको समय तालीका हेरेर भिसा प्रक्रिया नथालेकोमा खेलाडी सन्दीप र उनका व्यवस्थापक र परिवार तथा शुभचिन्तकको पनि ठूलो कमजोरी प्रदर्शन भएको छ । कोरोनाको दोस्रो लहरपछि नेपाल र बेलायतले दोहोरो आउजाउ कडाई गरेको, भारसंगका प्रत्यक्ष उडानहरु रोकिएको कारण वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्नुपर्ने भएकोले भिसा प्रक्रिया छिटे थालिनु पर्ने थियो ।
सन २०२० मा सीपीएल खेल्न अमेरिका भएर क्यारेबियन मुलुक जान अमेरिकी राजदूतावासमा भिसा आवेदन गरेका सन्दीपको भिसा अस्वीकृत भएपछि ब्यापक रुपमा अमेरिकी सरकारको आलोचना भएको र परराष्ट्र मन्त्रालयले भिसाका लागि पुनर्विचार गरिदिन आग्रह सहित सिफारिस गरेपछि उनको यात्रा सहज बनेको थियो ।
सन्दीपले भिसा ढिला भएता पनि इंग्ल्यान्ड जान प्रयास छोडेका थिएनन तर वर्सेस्टरशायरले कन्ट्रयाक्टनै रद्द गरी नयाँ खेलाडी अनुबन्ध गरेकोले यो खेलका लागि जाने उनको प्रयासमा पूर्णविराम लागेको छ ।
उनले शुक्रबार ट्वीट गर्दै एकजना दाईले फ्लाइट मिलाउनु भएको तर कन्ट्रयाक्टनै रद्द भएपछि म अब जान पाउदिन भनेर मनको भावना अभिव्यक्त गरेका थिए ।
सन्दीपको भिसा लागेर पनि पासपोर्ट ढिलो उपलब्ध गराइएको बताइएको छ । भारतबाट नेपाल आउने उडानहरु सुचारु भैरहेको अवस्थामा पासपोर्ट पठाउन ढिलाई गरिएकोमा सन्दीपले आशंका जनाएका छन् । भिसा लागे र नलागेको कुरा आवेदकले डिजिटल्ली हेर्न पाउने भएको र भिसा लागि सकेको पासपोर्ट फिर्ता लिन दिल्लीस्थित नेपाली दूतावासलाई समन्वय गराउन सकेको भए पनि सन्दीपको भाइटालिटी ब्यलाष्ट छुट्ने थिएन । व्यक्तिगत रुपमा पनि दिल्ली क्यापिटल्समा तीन सिजन अनुबन्ध भएका सन्दीपले आफ्ना शुभचिन्तकको सहयोग लिएर पनि सो पासपोर्ट समयमा नेपाल फिर्ता ल्याउन सक्थे । यसमा पनि उनको कमजोरी देखा पर्दछ ।
सन्दीपले युके भिसाको लागि निवेदन गर्नै अलिक ढिलो गरेको पनि देखिएको छ । कोरोना महामारीको कारण नेपालको राजधानीमा निषेधाज्ञा र भारतको राजधानी दिल्लीमा लकडाउन भैरहेको बेला प्रतिकूत तथा जोखिमपूर्ण समयको गणना गर्न उनको सचिवालय र ब्यवस्थापकहरु चुकेका देखिन्छन् । नेपालको परराष्ट्र मन्त्रालय, नेपालस्थित बेलायती राजदूताबास, बेलायतस्थित नेपाली राजदूतावास र दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग लिने प्रयास गरेको भए सन्दीपले समयमा भिसा पाउने थिए र उनको सहभागिता सुनिश्चित हुन सक्नेथियो ।
भिसाको ढिलाईले सन्दीपलाई मात्र हैन अन्य नेपाली खेलाडीले भविष्यमा पाउने अवरलाई पनि असर गर्ने देखिएको छ । यसैले यो समस्याको कारण र निराकरण खोज्नुपर्नै भएको छ ।–
हुन त सन्दीपले “अन्तिम पटक अमेरिकी एम्बेसीले पनि यस्तै दुर्व्यवहार या लापरवाही गरेको थियो जुन कुरा मैले बाहिर भनिन। मलाई दुख लाग्ने कुरा के भने मैले ट्वीट गर्दा समेत मैले इंगित गरेको कसैले पनि मलाई सहयोगको लागि प्रयास गर्छु समेत भनेनन् न कसैले व्यक्तिगत म्यासेजनै गर्नु भयो।” भनेर चित्त दुखाएका छन् । मानवीय संवेदना हराउदै गएको नेपालमा पाउ नपरीकन कसैले सहयोग गर्र्दैन भन्ने यथार्थ ज्ञान उनलाई नभएको देखिन्छ । सन्दीप र उनको व्यवस्थापन समूहले नेपालीमा शरणको मरण हुन नदिने संस्कार भएपनि तोलाको जिब्रो फड्कार्न नसक्नेले आफ्नो काम पट्याउन धार्नीको शीर झुकाउनु पर्दछ भन्ने मानसिकता व्याप्त छ भन्ने बुझ्न जरुरी छ ।
राज्यभित्रै अवसर सिर्जना गर्न पनि नसक्ने, राज्यले अवसर जुटाइदिन पनि नसक्ने र बाह्य र व्यक्तिगत प्रयासमा प्राप्त अवसरलाई सदुपयोग गर्नका लागि आवश्यक प्रक्रिया र कागजात पुर्याएर भिसाको लागि निवेदन गर्दा समयमा दिने बन्दोबस्त मिलाउन पनि नसकेको पीडा भोगेका सन्दीपले बडो भावविह्वल हुँदै प्रश्न गरेका छन्“यो देशको खेलाडीहरुले कहिले त्यो सम्मान पाउनेछन् जसको हकदार छन् ?”
‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ को कन्ट्रयाक्ट रद्द भए तापनि नेपाली सन्दीपले जुलाई २२ तारिख देखि इंग्ल्यान्डमा संचालन हुने ‘द हन्ड्रेड’ लिगमा भने सहभागिता जनाउनेछन्।
लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले अनुमानित करिब १ करोड नेपाली रुपैयाँ अनुबन्ध गरेको बताईएको छ।
द हन्ड्रेड लिगमा सहभागिता पछि नेपाली स्पिनर इंग्ल्यान्डबाटै करेबियन प्रिमियर लिग ( सीपीएल) टि२० खेल्न वेस्टइन्डिजतर्फ प्रस्थान गर्नेछन्।
अगष्ट २८ देखि सुरु हुने सीपीएल टी २० मा सन्दीप अघिल्लोख पटकको विजेता टिम ट्रिनबागो नाइट राइडर्सबाट खेल्दैछन्।


















