Prakash Adhikari June 11, 2021

 

पोखरा(कास्की), २८ जेठ । गण्डकी प्रदेश प्रमुखले संविधानको धारा १६८(५) अन्तरगतको सरकार बनाउन आह्वान गरेको केही घण्टा नबिन्दै प्रदेससभामा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१जना सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ ।

प्रदेश सभामा रहेका एमालेबाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरुको हस्ताक्षर लिएर नेता पोखरेल  मुख्यमन्त्री नियुक्तिको मागसहित  प्रदेश प्रमुखको निवास पुग्नुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजै संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनको लागि  बहुमतको आधार प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले बिहिबार प्रदेश सभामा राख्नुभएको विश्वासको मत पारित हुन नसकेपछि उहाँ स्वतः पदमुक्त हुनुभएका थियो ।

हिजोका विश्वासको मतमा मुख्यमन्त्री गुरुड.ले नेकपा एमालेको २७ मत मात्र पाउनुभएका थियो भने विपक्षमा नेपाली कांग्रसका १५, नेकपा माओावादी केन्द्रका ११, जनता समाजवादीका २, राष्ट्रिय जनमार्चाका २ मत विपक्षमा परेका थिए ।

मतदानमा जनमोर्चाका कृष्ण थापा तटस्थ बस्नुभएका थियो भने प्रदेश सरकारमा खेलकुद मन्त्री रहनुभएका राजिव गुरुड. बैठकमा अनुपस्थित रहनुभएको थियो ।

हिजो सरकारले विश्वासका मत लिंदा अनुपस्थित रहनुभएका स्वतन्त्र सांसद दीपक मनाङे आज नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा सामेल हुनुभएको छ । पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुभएका राजीव गुरुड.आज नयाँ सरकार गठनको लागि दावी पेश गर्न गठबन्धन प्रदेश प्रमुख निवास जाँदा संगै जानुभएको थियो ।

उहाँले प्रदेशसभा जोगाउन विपक्षी गठबन्धनलाई साथ दिएको स्पष्टीकरण दिर्दै आउनुभएको छ । यो धारा अन्तरगतको सरकारले विश्वासको मत पाउन नसके मुख्यमन्त्रीका सिफारिसमा संविधानको धारा १६८(७) अन्तरगत प्रदेश प्रमुखले प्रदेशसभा भंग गरी नयाँ निर्वाचनको मिति तोक्न सक्ने व्यवस्था छ  ।

Share Now

Leave a comment.