Prakash Adhikari June 12, 2021

 

काठमाडांै, २९ जेठ । नेपाली कांग्रेसका बाग्मती प्रदशसभा सदस्य नरोत्तम बैद्यले वाग्मतीको प्रदेश सभामा निकै आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ ।

उहाँल प्रधानमन्त्री के.पी. ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गरेको अभिव्यक्ति दिंदै यस्ता संझौताहरुले नेपाल खाइदिने उल्लेख गर्नुभएको छ ।

प्रदेश सभा सदस्य वैद्यले बडो आक्रोशपूर्ण र भावुक भागभंगीमा बोल्दै प्रधानमन्त्री ओलीको अन्त्यको लागि कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने र अरु तयार नभए आफू बन्न तयार भएको कुरा बताउनुभएको छ ।

 

उहाँको अभिव्यक्तिप्रति सामाजिक सजाल खासगरी ट्वीटरमा आक्रोशपूर्ण प्रतिक्रियाहरु आएका छन् ।

 

प्रधानमन्त्री ओलीले गरेका गैरसंवैधानिक कामकारबाहीलाई सर्वोच्च अदालतले सच्च्याउन बाध्य बनाइरहेको बेलामा कानूनी राज र जनमतमा विश्वास गर्ने कांंग्रेसका सांसदले किन यस्तो बोल्नुभयो ।

नेपाली कांग्रेसको वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानिया र नेपाली कांग्रेसका प्रवक्ताले समेत सो अभिव्यक्ति अतिशयोक्तिपूर्ण भन्नुभएको छ ।

उहाँलाई पार्टीले कारबाही नगरेमा प्रदेश सभाका सभामुखले कारबाही गर्नुपर्ने हुन्छ । त्यसैले  हिंंसामा विश्वास नराख्ने राजनीतिक संस्कार बोकेको नेपाली कांग्रेसले केही दिन (बढीमा हप्ता दिन) निलम्बन गर्नु श्रेयस्कर देखिन्छ । अन्यथा प्रधानमन्त्री ओली र सत्तारुढ दलबाट भएका अन्य गैरसंवैधानिक काम कारबाही यसको छायामा पर्न सक्छन् ।

सबै तहका जनप्रतिनिधिहरुको आचार,विचार,व्यबहार र सार्वजनिक अभिव्यक्तिका बारेमा तालीम दिने र उच्च संस्कार सिकाउने पक्षमा नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा कमी कमजोरी रहेको यसले उजागर गरेको छ ।

सांसद नरोत्तम वैद्यले पनि यसमा गल्ती महसूस गर्दै समस्त नेपालीसमक्ष माफी माग्दा राम्रो हुन्छ । प्रदेश सभाको रोष्ट्रम कसैको हत्या गर्ने घोषणा गर्ने होइन् ।

Share Now

Leave a comment.