Prakash Adhikari February 18, 2018

काठमाडौं,६ फागुन। माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

आइतबार बोलाइएको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई सर्वसम्मतिले दलको नेता चयन गरेको हो ।

बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे सांसदहरुलाई पनि केही जानकारी गराएका थिए । उनले आज पनि एमाले अध्यक्ष ओलीसंग पार्टी एकताकै विषयमा छलफल हुने बताएका थिए ।

संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

Share Now

Leave a comment.