Prakash Adhikari July 1, 2021

चामे(मनाड.), १७ आषाढ । हिमाल पारीको जिल्लामा मनाड.का पहिरो तथा बाढी पीडित र खाद्यान्न अभाव झेलिरहेका नागरिकलाई नेपाली सेनाले राहत सामग्री उपलब्ध गराएको छ ।

नेपाली सेनाले जनाए अनुसार नेपाली सेनामा कार्यरत सकलदर्जाका राष्ट्रसेवकहरुका श्रीमतिहरुको संस्था सैनिक श्रीमती संघको पहलमा नेपाली सेना तथा संघबाट प्राप्त भएका बिभिन्न राहत सामाग्रीहरु मनाड.मा रहेको रणदल गुल्मद्वारा स्थानिय निकायसँगको समन्वयमा वितरण गरिएको हो ।

नेपाली सेनाले जनाए अनुसार राहत सामग्रीको पहिलो खेप जिल्लाका बाढी पहिरो पीडित ६० घर परिवारका करिव २०० जनालाई बितरण गरिएको छ ।

नेपालमा मनसुन सक्रिय भएको जेठको अन्तिम दिनहरुदेखि हालसम्म भइरहेको बर्षाले गएको पहिरो र विभिन्न खोला तथा मरस्याड.दी नदीमा आएको बाढीले घर क्षति ग्रस्त भएर विस्थापित भएका तथा घर डुवानमा परेर बिचल्लीमा परेका सहित सडक क्षतविक्षत भएर खाद्यान्न अभाव झेलिरहेका नागरिहलाई राहत सामग्री उपब्ध गराइएका हो ।

राहत सामग्रीमा खाद्यान्न, लत्ता कपडा र पकाउने र खाने भाडाकुँडा लगायत रहेका छन् ।

Share Now

Leave a comment.