Prakash Adhikari July 8, 2021

काठमाडौं, २४ आषाढ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने बेलायतको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न बिहीवार राति त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सो प्रतियोगिता खेल्न उहाँ आज राति ११ बजेर ५ मिनेट जाँदा टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभएको छ । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनुहुनेछ ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिता उहाँले ओभल इन्भिसिबलबाट खेल्नुहुनेछ ।

द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।

सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित हुनुभएको हो ।

द हन्ड्रेड प्रतियोगितापछि उहाँले क्यारेबीयन प्रिमियर लिग (सीपीएल) खेल्न क्यारेबियन मुलुक जाने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.