Prakash Adhikari July 12, 2021

 

काठमाडौं, २८ आषाढ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी सुरु गरेको प्रतिगमनविरोधी अभियानमा संलग्न पाँच राजनीतिक दलहरुको सोमवार कोटेश्वरमा बसेको बैठकले नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभामा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा भोलि मंगलबार नै सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दिनुभएको जानकारी अनुसार सानो मन्त्रिपरिषद् मंगलबार बनाउने र पछि थप विस्तार गर्ने कुरा भएको छ ।

गठबन्धनका तर्फबाट क कसलाई पहिलो चरणमा राख्ने भन्ने तय गर्न भोलि बिहान फेरि शीर्ष नेताको बैठक बस्ने बताइएको छ ।

बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ।
देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताउनुभएको छ ।

माधव नेपाल पार्टीको मोर्चामा संलग्न हुने

प्रतिगमनविरुद्ध संविधान र यसले आत्मसात गरेको राजनीतिक व्यवस्था बचाउन आफ्नै पार्टीको सरकारविरुद्धको गठबन्धनमा सरिक रहदै आउनुभएका नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपालले बैठकमा आउदा दिनमा आफू गठबन्धनमा बस्न नमिल्ने संकेत दिनुभएको छ ।

 

कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने निर्णय सुनाउनुभएको थियो ।

उहाँले पार्टीभित्र सबैलाई समेटने गरेर हिजोमात्र १० बूँदे सहमति भएको उल्लेख गर्दैसंविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैं सहयोग र समर्थन रहने बताउनुभएको थियो ।

उहाँले नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा बन्ने भावि सरकारलाई जनताका समस्या समाधान गर्दै सबैको आकांक्षा पूरा हुने गरी काम गर्ने सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।

‘राष्ट्रिय सहमतिका लागि तपाईंहरूको प्रयत्न रहिरहोस्’, एमालेका वरिष्ठ नेता नेपालले भन्नुभयो ,‘संविधान र लोकतन्त्रको लडाइँमा मेरो सधैं समर्थन हुनेछ।’

 

Share Now

Leave a comment.