Prakash Adhikari July 12, 2021

काठमाडौं, २८ आषाढ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ६ सय ८९ पिसिआर परीक्षणमा १ हजार ६ सय ९० र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० गरी जम्मा २ हजार ३ सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १ सय ३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र थप १ हजार १ सय३३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

अहिले देशभर २६ हजार ७ सय १२ सक्रिय सङ्क्रमित छन् । यसमध्ये २३ हजार ९ सय ४७ जना होम आइसोलेशनमा रहेका छन् भने २ हजार ७ सय ६५ संस्थागत आइसोलेशनमा छन् । कोरोनाका बिरामीमध्ये ५ सय ४९ जनाको आइसियु र १ सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा ३४ लाख २३ हजार १ सय ६४ को पिसिआर विधिबाट परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै ९ हजार ४ सय जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ३३ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमा काठमाडौँमा सबैभन्दा धेरै २ सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

Share Now

Leave a comment.