Prakash Adhikari July 19, 2021

काठमाडौं, ४ साउन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शनिबार ‘नेपाल नवप्रतिभा सम्मान’द्वारा सम्मानित गरेको छ।

हाल द हन्ड्रेड प्रतियोगिता खेल्नका लागि इंग्ल्यान्डमा रहनुभएको सन्दीपले आफूलाई उक्त गरिएको सम्मानबारे लेख्नुभएको छ, ‘यहाँहरुको स्नेह, साथ एवं सम्मान ले अझ जिम्मेवारी थपिदै गएको अनुभव गरेको छु, साथै देशका निम्ति अझ सशक्त रुपमा आफ्नो खेल कौशलतामा केन्द्रित हुने हौसला प्रदान भएको छ अनि अझ ऊर्जाशील बन्न प्रेरित गरेको छ। नेपाल नवप्रतिभा सम्मानद्वारा मलाई सम्मानित गर्नुभएकोमा श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धेरै धेरै धन्यवाद ।’

 

 

Share Now

Leave a comment.