Prakash Adhikari September 7, 2021

मस्कट(ओमान), २२ भाद्र । पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा नेपालले नवौं विकेट झारेको छ ।

खेलमा नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल, विक्रम शोव र सोमपाल कामीले समान २ -२ विकेट झारेका हुन् ।

खेलमा लामिछानेले २३ औं ओभरको तेस्रो बल, २० औं ओभरको पहिलो बल र १२ औं ओभरको पाँचौ बलमा विकेट झारेका हुन भने कुशलले १३ औं र २३ औं ओभरको पाचौ बलमा विकेट निकालेका हुन्।

खेलमा विक्रम शोवले दोस्रो ओभरको पहिलो बल र चौथो ओभरको छैठौं बलमा विकेट झारेका हुन् ।

३० औ ओभरमा नेपालका सोमपाल कामीले पहिलो र तेस्रो बलमा विकेट झारेका छन् ।

अहिले पपुवा न्युगिनीले ३० ओभर बलिड. गरेको छ । ३० औं ओभरको अन्त्यमा पपुवा न्युगिनीले १सय २५ रन जोडेको छ ।

नेपालको ओमान भ्रमण अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ७ र १० तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ।

ओमान भ्रमणको पहिलो खेल आज भैरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई देश पहिलो पटक खेल्ने लागेका हुन्।

कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेके नेपाली टिममा दिपेन्द्र सिंह ऐरी( उपकप्तान) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल र गुलशन झा रहेका छन् ।

पपुवा न्यु गिनी टिममा असद भाला ( कप्तान ) , किप्लिन डोरिगा, चार्ल्स अमिनी, सिसि बाउ, जेसन किला, नोर्मन भनुवा, सिमि अटाई ( विकेटकिपर ) , टोनी उरा, हिरी हिरी, नोसैना पोकना, डामियन राभु, लेगा सीएका, चाड सोपर, गौडी टोका र कबुवा मोरेया रहेका छन् ।

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ भने पपुवा न्यु गिनी २० औं स्थानमा रहेको छ ।

नेपाल र पपुवा न्युगिनीबी ४ पटक भेट भएको छ । जसमा नेपालले ३ पटक जितेको छ भने पपुवा न्युगिनीले १ जित निकालेको छ । पछिल्लो भेट २०१८ विश्वकप छनोट ( जिम्बाब्वे )मा भएको थियो जहा नेपाल ६ विकेटले विजयी भयो ।

नेपालको पछिल्लो पटक खेलका ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ जित र २ हार व्यहोरेको छ भने पीएनजीको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५ वटैमा जित निकाल्न असफल रहेको छ ।

खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिम ओमान चांडै पुग्दा फाइदा भएको बताउदै भन्नुभएको छ,” हाम्रो टिम सन्तुलित छ। अहिलेसम्म हामि सही दिशामा छौँ। ओपनिंग जोडीमा आसिफ शेख र भुर्तेललाई मौका दिंदैछौँ। हामी भ्रमणमा केन्द्रित छौँ। पपुवा न्यु गिनीसंग सम्पूर्ण खेलाडीहरुलाई मौका दिने प्रयास गर्नेछौँ।”

Share Now

Leave a comment.