काठमाडौं, ८ असोज । नेपालको प्रमुख क्रिकेट लिग मानिएको एभरेस्ट प्रिमियर लिगको चौथों संस्करण भोलि शनिवारदेखि सुरु हुँदैछ। लिगमा डिफेन्डिङ च्याम्पीयन ललितपुर पेट्रिएट्स सहित भैरहवा ग्ल्याडीएटर्स, काठमाडौँ किंग्स् ११, चितवन टाइगर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज गरि ६ फ़्रेन्चाइजको टोलीहरु प्रतिस्पर्धा गर्दैछन्।
इपीएलको यस संस्करणमा अघिल्लो पटक बिराटनगर वारियर्सको कप्तानी गरेका पारस खड्का तथा ललितपुर पेट्रिएट्सको कप्तानी गरेका ज्ञानेन्द्र मल्लले यो पटक लिग खेल्नेछैनन्। यस्तै पोखरा राइनोजको कप्तानी गरेका स्कटल्याण्डका कायल कोट्जर पनि लिगमा सहभागी छैनन्। तिनवटै टिमले यो सिजन नयाँ नेतृत्व पाएका छन्।
चितवन टाइगर्स र काठमाडौँ किंग्स ११ ले समेत यो सिजन कप्तान परिवर्तन गरेका छन्। भैरहवा बाहेक अन्य सबै टिमको यो सिजन कप्तानी फेरिएको छ।
बिराटनगर वारियर्स : बिराटनगर वारियर्सको नेतृत्व करन केसीले गर्दैछन्। केसीले घरेलु क्रिकेटमा यस अघि धनगढी प्रिमियर लिगमा बिराटनगर किंग्सको कप्तानी गरेका थिए। ईपीएलमा भने राष्ट्रिय टिमका अलराउण्डरको पहिलो पटक कप्तानी अनुभव हुनेछ।
टिम बिराटनगर वारियर्स : करन केसी (कप्तान), आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️)
ललितपुर पेट्रिएट्स : यस्तै डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सको कप्तानी कुशल भुर्तेलले पाएका छन्। व्यक्तिगत कारण देखाएर ज्ञानेन्द्र मल्लले लिग सुरु हुनु २ दिन अघि नखेल्ने बताएपछि भुर्तेललाई टिमले नेतृत्व सुम्पेको हो। लामो समय देखि घरेलु क्रिकेट खेल्दै आएता पनि कुशलले पहिलो पटक फ़्रेन्चाइज् टिमको नेतृत्व गर्ने अवसर पाएका हुन्।
टिम ललितपुर पेट्रिएट्स : कुशल भुर्तेल ( कप्तान ), सुर्य तामांग, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️)
पोखरा राइनोज : पोखरा राइनोजको कप्तानी यो पटक बिनोद भण्डारीले सम्हाल्नेछन्। टिमको सबैभन्दा अनुभवी खेलाडीले यस अघि फ़्रेन्चाइज् लिग तथा घरेलु क्रिकेटमा लामो समयदेखि आर्मी क्लबको कप्तानी गर्दै आएका छन्। ईपीएलको सुरुवातमा भण्डारीले सगरमाथा लेजेन्ड्स टिमको कप्तानी गरेका थिए।
टिम पोखरा राइनोज ः बिनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी(✈️)केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️)
चितवन टाइगर्स : यस्तै चितवन टाइगर्सको यो सिजन कप्तानी सोमपाल कामीले गर्नेछन्। गत सिजन कप्तानी गरेका पृथु बास्कोटा यो पटक लिग खेल्ने छैन्। बास्कोटा हाल अमेरिकामा रहेका छन्। सोमपाल कामी गत सिजन काठमाडौँ किंग्स ११ को कप्तानको रुपमा खेलेका थिए जसलाई टिमले दिपेन्द्र ऐरीको स्थानमा ट्रेड गरेको हो। सोमपालसंग बिभिन्न फ़्रेन्चाइज् लिगको कप्तानी गरेको अनुभव छ। सोमपालको कप्तानीमा टिम चौराहा धनगढीले धनगडी प्रिमियर लिग २०१७ को उपाधि जितेको थियो।
टिम चितवन टाइगर्स : सोमपाल कामी, दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदिप सिंह(✈️)
काठमाडौँ किंग्स ११ : यस्तै काठमाडौँ किंग्स ११ को कप्तानी लेग स्पिनर सन्दीप लामिछानेले सम्हाल्नेछन्। सन्दीपले यस अघि पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा बिराटनगर टाईटन्सको कप्तानी सम्हालेका थिए जसपछि यो वर्ष काठमाडौं मेयर्स कपमा काठमाडौँ मेयर्स ११ टिमको कप्तानी गरेका थिए। विश्व भर विदेशी लिगहरुको अनुभव बटुलेताका सन्दीप ईपीएलमा पहिलो पटक कुनै टिमको कप्तानी गर्दैछन्। सन्दीप अघिल्लो सिजन ललितपुर पेट्रिएट्स टिममा थिए।
टिम काठमाडौं किंग्स ११ : सन्दीप लामिछाने (कप्तान) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️), रहमनुल्लाह गुर्बज (✈️)
भैरहवा ग्ल्याडीएटर्स : भैरहवाको कप्तानमा शरद भेसावकर निरन्तर रहनेछन्। शरदको नेतृत्वमा ईपीएलको पहिलो सिजनको उपाधि पन्चकन्या तेजले जितेको थियो। त्यसपछि फाइनल पुगेता पनि उपाधि जित्न चुकेको टिम यो पटक चुक गर्ने पक्षमा छैन। घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान शरदको टिम यो पटक सन्तुलित पनि देखिएको छ।
टिम भैरहवा ग्ल्याडीएटर्स : शरद भेसावकर (कप्तान) आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️) , शर्भिन मुनिएन्डी (✈️)।


















