Prakash Adhikari September 29, 2021

कीर्तिपुर(काठमाडौं), १३ असोज । एभरेष्ट प्रिमियर लिग टी २० अन्तरतग आज भएको दोस्रो खेलमा भैरहवा ग्याडियटर्सले बिराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै खेलमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

भैरहवाले अघिल्लो खेलमा पोखरा राइनोजसंग नतिजाविहिन रहदै अंक बाँडेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बिराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले ४ विकेट क्षेतीमा १५.३ ओभरमै पूरा गरेको थियो।

भैरहवाको ब्याटिंगमा श्रीलंकन ब्याट्सम्यान उपुल थाराँगाले सर्वाधिक ३४ रन बनाए । खेलमा प्रदीप ऐरीले २२ रन तथा तामिम इकबाल र रोहित पौडेलले समान १२ ।१२ रन बनाए। शरद भेसावकरले अविजित ६ रन बनाए।

बिराटनगरको बलिंगमा रामनरेश गिरीले २  र करन केसी र बसन्त रेग्मीले समान १ । १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले २० ओभरको खेलमा १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। उसको लागि दिलशान मुनविराले सर्वाधिक ३५ रन बनाए भने सुमित महर्जनले १३, आसिफ शेख र अनिल शाहले समान ११ रन तथा बसन्त रेग्मीले अविजित १० रन बनाए। सिकन्दर राजाले ५ रन, सौरभ खनालले ३ रन बनाए भने चन्द्रपौल हेमराज र करन केसीले खाता खोल्न सकेनन्।

भैरहवाको बलिंगमा श्रीलंकन फास्ट बलर धम्मिका प्रशाद र आरिफ शेखले समान ३ । ३ विकेट, अविनाश बोहराले २ विकेट  तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १ । १ विकेट लिए।

लिग अन्तर्गत बिराटनगरले पहिलो खेलमा चितवन टाइगर्ससंग २ विकेटको हार बेहोरेको थियो भने भैरहवाले पहिलो खेलमा पोखरासंग अंक बाँडेको थियो।

 

Share Now

Leave a comment.