Prakash Adhikari October 2, 2021

कीर्तिपुर(काठमाडौं), १६ असोज । एभरेष्ट प्रिमियर लिग टि २० प्रतियोगिता अन्तरगत शनिवार खेलमा पोखरा राइनोजले बिराटनगर वारियर्सलाई ७ विकेटले पराजित गरेको छ।

लगातार चौंथो खेलमा हारको उपहार पाएको बिराटनगरको लिग प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिराटनगर वारियर्सले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले ३ विकेटको क्षतिमा १४ बल बाँकी रहँदै पूरा गर्यो र विराटनगरलाई प्लेअफको रेसबाट बाहिर पार्यो ।

पोखराको ब्याटिंगमा लिगमा डेब्यु गरेका असेला गुनरत्नेले सर्वाधिक ५० रन बनाए भने रिचर्ड लेभीले ४७ रन । सहान अरचिगेले ४३ रन बनाउदा बिनोद भण्डारीले अविजित १५ रन बनाए।

पोखरालाई रोक्ने क्रममा बिराटनगर वारियर्सको बलिंगमा प्रतिस जिसी, सिकन्दर राजा र हरि बहादुर चौहानले समान १। १ विकेट लिए।

विराटनगरको ब्याटिड.

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १ सय ७२ रन बनाएको थियो।

बिराटनगरको ब्याटिंगमा ओपनर आसिफ शेखले सर्वाधिक ४४ रन बनाए । यस्तै सिकन्दर राजाले २९ रन, सन्दीप रजालीले २८ रन तथा कप्तान करन केसीले २४ रन बनाए। वारियर्सका लागि दिलशान मुनविराले १६ तथा अनिल शाहले १२ रन बनाए।

राइनोजको बलिंगमा बिक्रम सोबले २ तथा नन्दन यादव , बिबेक यादव र सहान अरचिगेले समान १ /१ विकेट लिए।

आज बिहान ९ : ३० का लागि निर्धारित भैरहवा र काठमाडौंबीचको खेल आउटफिल्ड भिजेर चिसो भएको कारणले रद्द गरिएको थियो । दुवै टोलीका कप्तानले विदेशी खेलाडीहरु मैदानमा चिप्लेर दुर्घटना भएमा त्यसले नेपालको छवि बिग्रने भन्दै स्थगित गर्न माग गरेका थिए ।

Everest Premier League

जितपछि लिग अंकतालिकामा पोखरा राइनोज ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेलसहित ५ अंक लिएर दोश्रो स्थानमा उक्लेको छ। चितवन तीन वटै खेलमा जितपछि ६ अंक सहित पहिलो स्थानमा छ । भैरहवाले ३ खेलमा एक जित र दुईमा अंक बाँडेर ४ अंक लिएर तेस्रो स्थान ओगटेको छ भने ललितपुर ४ खेलमा एक जित, दुई हार र एकमा अंक बाँडदै ३ अंक बटुलेको छ । काठमाडौं किंग्स् इलेभेन २ खेलमा एक जित र एक हार ब्यहोदै २ अंकसहित पाँचौ स्थानमा छ । खेलेका चारवटै खेलमा हार ब्यहोरेको बिराटनगर शून्य अंकको साथ पुछारमा रहेको छ।

Share Now

Leave a comment.