Prakash Adhikari October 31, 2021

लण्डन(संयुक्त अधिराज्य), १४ कार्तिक । स्कटल्याण्डको ग्लास्गो शहरमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन(कोप-२६)को वर्ल्ड लिडर समिटमा भाग लिन शुक्रवार साँझ लण्डन आइपुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार विभिन्न भेटघाटमा व्यस्त हुनुभयो ।

उहाँले शनिवार लण्डनस्थित राजदूतावासमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड शेख र लर्ड स्वराज पलले प्रधानमन्त्री देउवाले शनिबार शिष्टाचार भेट गर्नुभएको छ । उहाँ दुवैजना नेपाल–बेलायत सम्बन्ध सुधार गर्न र नेपालप्रतिको स्नेह सदभाव र मित्रताका लागि जानकार हुनुहुन्छ ।

उहाँहरुले बेलायती संसदमा नेपालका विषयमा दशकौँदेखि कुरा राख्दै आउनु भएको छ । कोभिडको दोस्रो लहरको समयमा पनि उहाँलहरुले संसदमा नेपाललाई सहयोग गर्ने कुरा राखेको प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।

उहाँहरुले प्रधानमन्त्री देउवासमक्ष नेपालसँगको सम्बन्ध र त्यसलई प्रर्वद्धन गर्न बर्षौदेखि आफूहरुले खेलेको भूमिकाका बारेमा पनि चर्चा गर्नुभयो ।
उहाँहरुले आफ्नो कार्यकालमा नेपाल बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउन सबैप्रकारको सहयोग सदभाव र समर्थन रहने विश्वास पनि दिलाउनुभयो।

यसैगरी ब्रिटेन नेपाल सोसाइटीको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । सोसाइटीका अध्यक्ष एवम् पूर्व राजदूत एन्ड्रयु स्पार्कले सोसाईटीले धेरै बर्ष अघिदेखि नेपाल र नेपालीको सहयोगका लागि काम गरिहेको स्मरण गराउँदै अझ थप प्रभावकार बनाउन आफूहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

भेटमा अध्यक्ष स्पार्कले नयाँ पुस्ताका ब्रिटिस युवालाई नेपाल भ्रमण गराउन र सदभावना बढाउन केही नयाँ कार्य गर्ने सोच बनाएको बताउनुभयो ।

उहाँले विभिन्न स्वंयसेवी व्यतिm र गैर सरकारी संस्थामार्फत सोसाईटीले नेपालभरी काम गरिरहेको बताउँदै यस कामलाई अझ प्रभावकरी बनाएर नेपाल र बेलातयबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्धता पनि व्यतm गर्नुभयो ।
सोसाइटीले गरेका कामको बारेमा गहिरो चासो राख्दै नेपालको विकासमा पु¥याएको सहयोगका लागि प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभयो । भेटमा वन तथा वातावरणमन्त्री रामसहाय यावद,परराष्ट्र सचिव भरतराज पौडेल, प्रोटोकल प्रम्ख डा।दुर्गाबहादुर क्षेत्री, कार्यवाहक राजदूत श्रीमती रोशन खनाललगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री देउवासँग शनिवार गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेको एक प्रतिनिधिमण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकलाई मतदानमा भाग लिने व्यवस्था,नेपाल बेलायत सिधा हवाई उडान सञ्चालन र नेपालमा विदेशी लगानी भित्र्याउन सुगम कानूनी व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
सो क्रममा एनआरएनए यूकेका संरक्षक शेर सुनार, एनआरएनका केन्द्रिय सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोरखाको समस्या समाधान लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले नेपाललाई माया गरेकोमा धन्यवाद दिदै नेपालमा विदेशी लगानी भित्र्याउन दिनुपर्ने सुविधा दिन सरकार तयार रहेको बताउनुभयो । उहाँले कोभिडको बेलामा बेलायत सरकारले नेपाललाई खोप उपलब्ध गराएर सहयोग गरेको स्मरण गर्दै चैतसम्ममा नेपालाई पूर्ण कोभिडमूक्त देश बनाउने प्रतिबद्धता व्यतm गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बेलायतलगायत विश्वका अन्य देशमा नेपालप्रति ठूलो सदभाव रहेको चर्चा गदै अब नेपाल आउन चाहने जोसुकैलाई अन अराइभल भिसाको व्यवस्था गरिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई नेपाली जनसम्पर्क समिति बेलायतको टोलीले भेटेर नागरिकताको निरन्तरता लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । समितिका अध्यक्ष युवराज गुरुङले नेपालमा गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले नागरिकताको निरन्तरताको विषय संविधानसँग जोडिएकाले त्यहाँ उल्लेख नभएसम्म त्यो सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले बेलायतको नागरिकता लिएका नेपालीले यहाँको सांसद हुन सक्ने सभावना औंल्याउदै गैर आवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकोमा प्रसंशा गर्नुभयो ।

उहाँले विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेण्टी दिन सरकार सदैव तयार रहेको स्प्ष्ट पार्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

Share Now

Leave a comment.