Prakash Adhikari November 2, 2021

विराटनगर(मोरड.), १६ कार्तिक । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो ।
उहाँले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

नेकपा एमालेबाट मुख्य मन्त्री बन्नुभएका भीम आचार्यले हिजो प्रदेशसभामा राजिनामा गर्ने घोषणा गरी पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुखले भावि सरकारको दावी गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो ।

केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस,नेकपा माओवादी, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरुको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले हिजै सरकार गठन गर्ने दावी गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.