काठमाडौं,२४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा पनि राजधानीमा आयोजित छठी पूजामा सरिक हुनुभएको छ ।
इच्छासिद्धि, दाम्पत्य प्रेम, परिवार कल्याण र आरोग्यताको लागि अस्ताउदो सूर्यलाई पूजन गरिने छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री देउवा थापाथलीस्थित बागमती नदी किनारमा बनाइएको छठी घाटमा पुग्नुभएको थियो ।
प्रधानमन्त्री देउवा पूजास्थल पुग्दा पूजा समितिका पदाधिकारी र ब्रतालुहरुले स्वागत गरेका थिए ।


















