काठमाडौं, २० फागुन । संघीय संसदका सदस्यहरुको शपथ ग्रहण तयारी पूरा भएको छ । प्रतिनिधिसभाका र राष्ट्रिय सभाका सांसदहरुले आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिने जनाएको छ ।
प्रतिनिधिसभामा २ जना ७५ जना र राष्ट्रिय सभामा ५९ सदस्य रहेका छन् ।
यस मध्ये प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्टपतिबाट आइतबार १३ः०० बजे शपथ ग्रहण गरी अन्य सदस्यहरुलाई शपथ गराउने छन् ।
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६ः०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७ः०० बजेका लागि तय भएको छ ।
राष्ट्रिय सभामा सरकारको सिफारीश राष्टपतिबाट नियुक्त भएका तीन जना सदस्यहरुका सम्बन्धमा सर्वोच्च अदालतमा रीट परी अदालतले शपथग्रहण नगराउनू भन्ने अन्तरिम आदेश दिएकोले उनीहरुको शपथ आज हुने छैन् ।
निर्वाचन जितेर पनि प्रहरीको खोजीको सूचीमा रहेका एमालेका सांसद नवराज सिल्वाल र राष्टिय जनता पार्टीका सांसद रेशम चौधरी संसदमा उपस्थित भएमा शपथ ग्रहण हुनसक्ने बताइएको छ, तर एकिन छैन् । सांसद निर्वाचित चौधरी टिकापुर घट्नाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले सबै सांसदहरुको शपथ ग्रहणको तयारी पूरा भएको बताउदै आफ्नै मातृभाषामा सपथ लिन प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ४२ जनाले निवेदन दिएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने छन् । संसद् सचिवालयले नेपाली बाहेकका भाषामा शपथ लिने सांसदका लागि निवेदन दिन भनि शुक्रबारसम्मको समय तोकेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले त्यसअघि नै २० गते आइतबार, दुवै सदनमा सांसदको सपथ ग्रहण तोकिएको हो।
मातृभाषामा मैथली प्यारो
संसद सचिवालयले दिएको जानकारी अनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने छन् । जसमा प्रतिनिधिसभाका १३ र राष्ट्रिय सभाका ४ सदस्य छन् । यस्तै, हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिन निवेदन दिएका छन् ।
कसले कुन् भाषामा शपथ खाँदैछन् ?
प्रतिनिधि सभा
मगर भाषा
१. वर्षमान पुन
२. ओनसरी घर्ती
नेपाल भाषा
१. राजेन्द्र श्रेष्ठ
हिन्दी भाषा
१. राजेन्द्र महतो
२. अनिलकुमार झा
३. प्रमोद साह
४. लक्ष्मणलाल कर्ण
५. चन्दा चौधरी
६. अमृता अग्रहरी
७. रानी मण्डल
८. सरिता गिरी
अवधि भाषा
१. मोहम्मद इस्तियाक राई
भोजपुरी
१. प्रदीप यादव
२. एकवाल मियाँ
३. राम बाबुकुमार यादव
४. राम सहायप्रसाद यादव
५. हरिनारायणप्रसाद रौनियार
मैथली भाषा
१. उपेन्द्र यादव
२. उमाशंकर अरगरिया
३. चन्द्रकान्त चौधरी
४. दुलारीदेवी संग खत्वे
५. सुरेशचन्द्र दास
६. शरतसिंह भण्डारी
७. राजकिशोर यादव
८. महन्थ ठाकुर
९. रेणुकुमारी यादव
१०. दिल कुमारी
११. मातृकाप्रसाद यादव
१२. इन्दुकुमारी शर्मा
१३. मीनाक्षी झा
थारु भाषा
१. गंगा चौधरी सत्गौवा
२. शान्ता चौधरी
३. रेशमलाल चौधरी
तामाङ भाषा
१. हितबहादुर तामाङ
बज्जिका भाषा
१. महिन्द्रराय यादव
उर्दू भाषा
१. रुहिनाज
राष्ट्रिय सभा
मैथली भाषा
१. वृषेशचन्द्र लाल
२. डा. सुरेन्द्रकुमार यादव
३. प्रमिला कुमारी
४. सूर्यनारायण यादव
हिन्दी भाषा
१. रमेश यादव
बज्जिका भाषा
१. रामप्रीत पासवान