काठमाडौं, १ पौष। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा महामन्त्री पदको मतगणनामा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका गगन थापाले जित्ने पक्का जस्तै देखिएको छ भने दोस्रो स्थानका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
२१३० मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १३८५ मत हासिल गर्नुभएको छ । दोस्रो स्थानमा विश्वप्रकाश शर्माले ८५१ मत पाउनुभएको छ भने तेस्रो स्थानमा प्रकाशशरण महतले ६९८ पाउनुभएको छ । प्रदीप पौडेलले ६२१ मत हासिल गर्दा मिनेन्द्र रिजालले ३६५ मत ल्याउनुभएको छ।
विमलेन्द्र निधिको समूहका उम्मेदवार डाक्टर राजाराम कार्कीले भने ५९ मत मात्रै पाउनुभएको छ ।


















