Prakash Adhikari December 16, 2021

काठमाडौं, १ पौष । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार बन्नुभएका रक्षामन्त्री डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

महामन्त्री पदमा आफू नजित्ने संकेत देखिएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो।

डा.शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेद्वार बन्नुभएका मन्त्री रिजाल पाँचौ स्थानमा हुनुहुन्छ ।

सोही समूहबाट उम्मेद्वारी दिने गगन थापाले शीर्ष मत ल्याउनुभएको छ ।

दोस्रोमा विश्वप्रकाश शर्मा र तेस्रोमा डा. प्रकाश शरण महत हुनुहुन्छ । चौथो स्थानमा प्रदीप पौडेल रहनुभएको छ । पाचौं स्थानमा डा. रिजाल र छैठौं स्थानमा डा.राजाराम कार्की रहनुभएको छ ।

 

Share Now

Leave a comment.