काठमाडौं, २ षौष। पार्टीको १० औं महाधिवेशनबाट निर्वाचित भएको नेकपा एमालेको नयाँ नेतृत्वले केन्द्रीय सदस्यहरुसहित जिल्ला र प्रदेश इन्चार्जको पनि टुंगो लगाएको छ ।
एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।
कार्य विभाजन अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्वको जिम्मा लगाइएको छ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।
माओवादीबाट एमाले पुग्नभएका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा दिइएको छ ।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाउनुभएको छ भने उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने ।
उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाउनुभएको छ ।
अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।
सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख र अर्का सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
स्थायी कमिटी सदस्य मणि थापाले भूमि व्यवस्था विभागको जिम्मा पाएका छन् ।
एमालेको समग्र कार्यविभाजन यस्तो छ :
कार्यविभाजन हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://drive.google.com/file/d/1SJbt0IPeqD7ZFCw8OT7emGXzlgWBdas3/view


















