सानेपा(ललितपुर), ४ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खुला केन्द्रीय सदस्यको मत गणनामा बी.पी.पुत्र तथा निवर्तमान महामन्त्री डा. शशांक कोइराला आधा मत गणनामा शीर्षस्थान कायम देखिनुभएको छ ।
शुरुदेखि नै शीर्षमा रहनुभएका कोइरालासंगै केन्द्रीय समितिका चर्चित नेताहरु शीर्ष ३५ भित्र पर्न सफल देखिएका छन् । खुला तर्फको ३५ सीटमा भएको मतदानको करिब २४ सय मतगणनाको परिणाम आएको छ।
खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए।
२३९३ मतगणना गर्दा पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा देखिनुभएको छ ।
२३९३ मत गनेपछि स्थगित भएको मतगणना अहिले बिहान ९ बजेबाट पुनः सुरू हुने बताइएको छ।



















