Prakash Adhikari December 21, 2021

काठमाडौं, ६ पौष। प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा सम्मान गर्दै उहाँले खेलाडीको हौसला प्रदान गर्नको लागि आगामी दिनमा पनि पदक विजेता खेलाडीलाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गर्नुभयो ।

गत असोज १५ देखि ३० गतेसम्म भएको खेलमा नेपाल भारतसँग फाइनलमा पराजित भएको थियो ।

सरकारले खेलाडीलाई जनही रु ५ लाख, तीन जना प्रशिक्षकलाई जनही रु ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मानित गरेको हो ।

पुरस्कारसहित सम्मानित हुने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पूजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष् लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा हुनुहुन्छ ।

 

Share Now

Leave a comment.