काठमाडौँ,६ पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभामा दुई अध्यादेश स्वीकृत भएको छ ।
प्रतिनिधिसभामा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पेश गर्नुभएको दुई अध्यादेशहरु स्वीकृत भएका हुन् ।
मन्त्री बडुले ुयौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ु र ुफौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ु स्वीकृत गर्न सदनसमक्ष पेश गर्नुभएको थियो ।
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गर्नुभयो । तर ती सूचनासम्बन्धी प्रस्ताव बहुमत अस्वीकार भएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।


















