काठमाडौं, पुस ६ । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी हुनुभएको छ ।
निर्वाचन समितिका अनुसार ४६६७ मत खसेकोमा चौरसियाले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २२०६ मत प्राप्त गर्नुभएको छ ।
तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गर्नुभएको छ । खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।


















