Prakash Adhikari March 6, 2018

लन्डन(संयुक्त अधिराज्य), २२ फागुन । नेपाली जनसम्पर्क समिति यूकेले यही मार्च १० (शनिवार) मा कार्य समितिको बैठक बोलाएको छ ।

कार्य समितिका सभापति युवराज गुरड.ले नयाँ कार्यसमिति चयन भएपछि विविध विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।

बैठकमा विगतका कामको समीक्षा र भावी रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ ।

बैठक आगामी १० मार्च मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म साउथ ह्यारोको गोल्डेनसिप रेस्टुराँमा हुनेछ ।

त्यसपछि कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसँग अन्तर्क्रिया कार्यक्रम हुनेछ ।

आइतबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रतिकूल मौसमका कारण १० मार्चका लागि सारिएको हो ।

भट्टराई शनिबार लन्डन आइपुगेका छन् । उनलाई विमानस्थलमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पूर्वसभापति लोक गुरुङ, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, बेलायतस्थित कांग्रेस नेताहरु विश्वआदर्श पण्डित, विजन भट्ट, चिरञ्जीवी ढकाल युवा समाजसेबी हेम गुरुङ लगायतले स्वागत गरेका थिए ।

Share Now

Leave a comment.