टोकियो(जापान), २१फागुन । थकाली सेवा समिति जापानको १४ औ अधिवेशनले बुद्धि गौचनलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
आइतबार सम्पन्न १४ औ अधिवेशनले गौचनको अध्यक्षतमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिले ८ सदस्यीय सल्लाहकार समिति र सरंक्षकमा शरद गौचनलाई चयन गरेको छ ।
अधिवेशनले वरिष्ठ उपध्यक्षमा अनिल भट्टचन, उपध्यक्षमा अनिल भट्टचन, गिरी प्रसाद शेरचन, राजकुमार शेरचनलाई चयन गरेको छ । महासचिवमा राजु शेरचन, सचिवमा हेमन्त कुमार शेरचन, सन्जिव गौचन र अमुल्य गौचनलाई चयन गरेको छ, कोषध्यक्षमा अरुण भट्टचन तथा सहकोषध्यक्षमा लेलिन भट्टचन, घनश्याम भट्टचन, जीवन भट्टचन र यसोदा गौचनलाई चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा कुमार शेरचन (तामाच) नरेश गौचन, जितबहादुर गौचन, जयनारायण शेरचन, कुमार शेरचन, वकिल शेरचन, विज्ञान गौचन, जित प्रसाद शेरचन, प्रेम शेरचन, रोविन शेरचन, उषा शेरचन र प्रमिला गौचन डगोललाई चयन गरेको छ ।
सल्लाहकार समितिमा विनोद शेरचन, प्रकाश तुलाचन, सविन शेरचन, मनोज तुलाचन, जङबु भट्टचन, विजय गौचन, गोविन्द तुलाचन, बलि गौचनलाई चयन गरेको छ ।
नवनिर्वचित कार्यसमितिले समितिको संरक्षकमा पूर्व अध्यक्ष शरद कुमार गौचनलाई सर्वसम्मतले चयन गरेको छ भने जापानिज नागरीक कियोहिको मोचिजुकीलाई मानर्थ सदस्यमा चयन गरेको छ ।