Prakash Adhikari January 2, 2022

काठमाडौं, १८ पौष । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब साढे ६० अंक बढेर बन्द भएको छ।

गत साताको अन्तिम कारोबार दिन साढे ५ अंक बढेर बन्द भएको नेप्से यस दिन ६०.४१ अंक बढेर २५८४.

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २ सय ४० कम्पनीको ७१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।

जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५।०८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३।.४२ प्रतिशत बढेको छ।

साताको पहिलो दिन लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्ट्स रहेको छ। हिमालयन डिष्टिलरीको यस दिन ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख र शिवम् सिमेन्ट्सको २३ करोड ४९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यसैगरी, मध्य भोटेकोशीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ। कारोबारमा आएको गोर्खाज फाइनान्सको शेयर मूल्य यस दिन सर्वाधिक ५.१२ प्रतिशत घटेको छ

Share Now

Leave a comment.