Prakash Adhikari January 4, 2022

काठमाडौं, २० पौष । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।

आसन्न फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उहाँहरुको ठाउँमा गठबन्धनले पौडेल र तिमल्सिनालाई अगाडि सारेको छ ।

गण्डकीमा उम्मेद्वारी दर्तामा एमाले पहिला

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो ।

सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

Share Now

Leave a comment.