Prakash Adhikari January 4, 2022

 

काठमाडौं, २० पौष । शेयर बजारमा मगलबार पनि हरियाली छाएको छ । यस दिन शेयर बजार परिसूचक ६३.१ प्रतिशतले बढेर २६७९ मा पुगेको छ ।

यस दिन २ सय ३४ कम्पनीको ९१ लाख १० हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ३२ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार ४ अर्ब ५३ करोडको कारोबार भएको थियो ।

मंगलबार ४ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक, मध्यभोटेकोसी जलविद्युत र एसबिआई बैंकको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टीपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, अपि पावर, हिमालयन डिष्टिलरी र अपर तामाकोशीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेमा सूचिकृट १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूिचक सर्वाधिक ५.२३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक यस दिन क्रमशः ०.५९ प्रतिशत र ०.३४ प्रतिशत घटेको छ।

विगत ४ कारोबार दिनमा नैप्से परिसूचक १ सय ६१ अंक बढेको छ ।

 

 

Share Now

Leave a comment.