काठमाडौं, २३ फागुन । सरकारले फागुनसम्म पनि सुरु हुन नसक्ने र नसकेका आयोजनालाई ‘सरेन्डर’ गर्न लगाउने भएको छ ।
यसको जानकारी अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मन्त्रालयमा आयोजित बजेटको मध्यावधि समीक्षा कार्यक्रममा दिएका हुन् । उनले समय छँदा आलटाल गर्ने आर्थिक वर्षको अन्त्यमा वर्षा लागेपछि आयोजना सुरु गरेर बजेट सक्ने भ्रष्ट प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइको नीति ल्याएका हुन् ।
खतिवडाले नयाँ आयोजनालाई थप निकासा नदिने घोषणा पनि गरेका छन् । अहिले पनि पहँुचवाला सांसद र राजनीतिक कार्यकर्ताहरु
विभिन्न मन्त्रालयहरु विभिन्न नयाँ आयोजनाका लागि बजेट माग गर्दै अर्थ मन्त्रालय धाइरहेका छन् ।
गतवर्ष पनि ततकालीन अर्थमन्त्री कृष्णबहादुर महराले कुनै आयोजनामा रकम थुप्रिने र काम गरिरहेका आयोजनामा बजेट अभाव हुने अवस्था तोड्न यस्तो नीति लिएका थिए ।
चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा। खतिवडाले फागुनसम्म पनि प्रक्रिया सुरु गर्न नसक्ने आयोजनाहरुले ‘आत्मसमपर्ण’ गर्नपर्ने बताए ।
उनले यो वर्ष असारमै बजेट आएर पनि विकासे बजेट खर्च हुन नसकेको भन्दै फागुनसम्म पनि काम थाल्न नसकेका आयोजनाका लागि छुट्याएको रकम अन्य प्रगति भइरहेका आयेजनालाई दिने बताए ।
सरकारले मंगलबारसम्म २३ प्रीतशत मात्रै विकासे खर्च गर्न सकेको छ । बजेट सबै खर्च नहुने अवस्था आएपछि सरकारले १ खर्ब ७९ अर्ब रुपैयाँ बजेट घटाएको छ ।