काठमाडौं, २ माघ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ भने, आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि माघ ३ गते सोमबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना रहेको विभागले जनाएको छ भने राति देशभर आंशिक बदली रहने विभागले जनाएको छ ।
यसैगरी पर्सि मंगलबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।
राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने देशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति: २०७८/१०/०२ बिहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।
२०७८ माघ ०३ गते (सोमबार)
दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।
राती : देशभर आंशिक बदली रहने छ। ।
२०७८ माघ ०४ गते (मंगलबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।


















