काठमाडौं, १ माघ । माघको पहिलो दिन थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको हो भने ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५ सय ३६ जना होम आइसोलेसनमा र १ सय ४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।
अस्पतालमा रहेकामध्ये १ सय १९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५ सय ९१, ललितपुरमा ४ सय ८६, भक्तपुरमा १ सय ४२ जना गरी उपत्यकामा २ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै चितवनमा २ सय ५, सुनसरीमा १ सय १६, कैलालीमा १ सय ७, मोरङमा १ सय ४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै झापामा ४०, पर्सा र बाँकेमा ३९।३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५।१५, बाग्लुङ र स्याङ्जामा १४।१४, बारा र सिन्धुलीमा १३।१३ ओखलढुंगा र सप्तरीमा ११।११, नवलपरासी पश्चिम र रोल्पामा १०।१० जनमा संक्रमण पुष्टि भएको छ ।


















