काठमाडौं, १ माघ । प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट खेल मैदानमा बागमति प्रदेशले दिएको १ सय ४४ रनको लक्ष्य गण्डकीले हासिल गर्न सकेन ।
२० ओभरको निर्धारित खेलमा गण्डकीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा १ सय ३ रन मात्र जोड्न सक्यो ।
गण्डकीका लागि कमल परियारले ११, कप्तान विशाल पौडेल, गोविन्द बि.क.,सन्दीप क्षेत्री,दीपक डुम्रे र विधान श्रेष्ठले १०।१०,अर्जुन कुमालले ९, अनिल गुरुड.ले ८,अशोक श्रेष्ठले ७ र कृष्ण पौडेलले २ रनको योगदान दिए ।
गण्डकीलाई रोक्ने क्रममा बागमतीका नन्दन यादव,विपिन आचार्य,सुवास खत्रीले दुई दुई तथा रिजन ढकाल,प्रतिश जिसी, रामनरेश गिरी,अशोक श्रेष्ठ,सुवास भण्डारी र कमल परियारले एकएक विकेट लिए ।
यस पहिले बागमतीले २० ओभरको खेलमा पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो ।
बागमतीका तर्फबाट विपिन आचार्यले ३०,सुवास खकुरेल र प्रतिश जिसीले २७ । २७,लक्की कठायतले १७,नन्दन यादवले १४, इशान पाण्डेले ९, ज्ञानेन्द्र मल्लले ४ र रोशन विकले १ रनको योगदान गरेका थिए ।
बागमतीलाई रोक्ने क्रममा गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले दुई दुई तथा अशोक श्रेष्ठ,सुवास भण्डारी र कमल परियारले एक एक विकेट लिएका थिए ।
प्रदेश १ र पुलिसको खेल स्थगित

खेलाडीमा कोरोना संक्रमण भएपछि काठमाडौँमा भैरहेको प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिवारको नेपाल पुलिस क्लब र प्रदेश नम्बर(१ बीचको बिहान ९ बजे सुरु हुने पहिलो खेल स्थगित हुन गयो।
प्रदेश १ को खेलाडीलाई कोरोना संक्रमण भएपछि आजको खेल स्थगित गर्ने निर्णय लिईएको हो। आज सम्पूर्ण खेलाडीहरुको कोभिड १९ टेस्ट हुनेछ जसपछि खेलबारे नयाँ निर्णय लिईनेछ।
खेलाडीहरु सकुशल भएको खण्डमा आजको खेल रिजर्भ डेमा खेलाइने छ। सेमिफाइनल सुरु हुनु अघि सोमबार एक दिन रिजर्भ डे रहेको छ जसमा उक्त खेल हुन सक्नेछ। प्रदेश १ ले हालसम्म दुई वटा खेल खेलेको छ भने बागमती र सुदूरपश्चिम प्रादेशसंग खेल्न बाँकी छ।
आजको खेलमा बागमती विजयी भएकोले ऊ समुह ‘बि’ बाट उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ बाट पहिलो चरणकासबै ४ खेल जित्दै एपीएफ सेमीफाइनल पुगिसकेको छ। समुह ‘ए’ बाट नेपाल पुलिस क्लब सेमीफाइनल पुगिसकेको छ।


















