काठमाडौं, ५ माघ । कोरोना संक्रमण तेजीले बढेको बेला बुधबार शेयर बजार भारी गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार बुधबार शेयर बजार परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ बिन्दुमा रोकिएको छ ।
बुधबार २ सय २८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयरको किनबेचबाट ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको छ ।
बुधबार बुद्धभुमी नेपाल हाईड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । यस दिन सांग्रिला विकास बैंक, सेञ्चुरी कमर्शीयल बैंक छ्याङदी हाईड्रोपावर, एनआईबी समृद्धि फण्ड, बरुण हाइड्रो, एभरेष्ट बीमा कम्पनीको संस्थापक,सिंगटी हाइड्रो र समता लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस दिन घलेम्दी हाइड्रो नेपाल, कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई समुन्नत योजना-२, मध्यभोटेकोशी जलविद्युत कम्पनी, गुहेश्वरी मर्चेण्ट फाइनान्स, हिमालयन ऊर्जा विकास, सोल्टी होटल लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी,ओरियण्टल होटल्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ ।
बुधबारको शेयर बजारमा अपि पावरको २० करोड, अरुण भ्यालीको २० करोड,जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख, सूर्य लाइफ इन्स्योरेन्सको १४ करोडको, एनआईसी एशिया बैंकको १३ करोड३३ लाखको,सांग्रिला विकास बैंकको १२ करोड ८९ लाखको हिमालयन डिष्टिलरीको १२ करोड ४१ लाखको नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ३५ लाखको र सेञ्चुरी कमर्सियल बैंकको ११ करोड ९० लाख रुपैयाको शेयर खरिदबिक्री भएको छ ।