Prakash Adhikari January 23, 2022

 

बालकोट(भक्तपुर), ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उहाँमा संक्रमण पुष्टि भएको बताइएको छ ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताउनुभयो।

शनिबार गरिएको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उहाँको पीसीआर गरिएको थियो ।

एमाले अध्यक्ष ओली अहिले बोलकोटस्थित निवासमै आइसोलेशनमा बस्नुभएको छ ।

स्वाब परीक्षणमा ओली पत्नी राधिका शाक्यलाई पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

Share Now

Leave a comment.