जनकपुरधाम(धनुषा), १२ माघ। राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट सत्तारुढ गठबन्धनकी उर्मिला अर्याल र मोहम्मद खालिद सिद्दिकी निर्वाचित हुनुभएको छम ।
बुधबार सम्पन्न मतदान पछि आएको परिणाम अनुसार नेकपा माओवादीबाट उम्मेद्वार दिनुभएकी अर्यालले ६ हजार १ सय ५६ मतभारसहित विजय प्राप्त गर्नुभएको हो ।
त्यस्तै मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी हुनुभएको छ ।
उहाँ कुल मतभार ६ हजार ६ सय ७८ ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी उस्मान अन्सारीले २ हजार ७ सय ६६ मतभार हासिल गर्नुभएको थियो ।
सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १ सय ७१ मत हासिल गर्नुभएको थियो । प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ ।
अन्सारीले भने प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गर्नुभएको थियो ।
निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ दुई प्रदेशसभा सदस्यसहित ८ मत बदर भएको छ ।


















