Prakash Adhikari January 28, 2022

काठमाडौँ, १४ माघ । नेपालमा शुक्रबार अपरान्हसम्म थप ६ हजार ८ सय २७ जनालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८ सय ६९ परीक्षण गर्दा ६ हजार ८ सय २७ जना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको बिवरणमा १३ हजार ७ सय ९१ पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ मा संक्रमण पुष्टि भएको र ६ हजार ७८ मा एन्टिजेन परीक्षण गर्दा २ हजार २० मा कोरोना पोजिटिभ देखिएको उल्लेख छ ।

विगत २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ४ सय ३२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४२ हजार ४ सय ३६ जना निको भएका छन् ।

२४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

बिहीबार १५ जनाको मृत्यु भएको थियो ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ ।

२४ घण्टामा १ लाख २८ हजार ५ सय ६३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या भने ८९ हजार ९ सय ४१ पुगेको छ ।

Share Now

Leave a comment.