Prakash Adhikari March 9, 2018

विर्तामोड(झापा) २४ फागुन । त्रिभुवन आर्मी क्लब झापामा जारी रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

बिर्ता बजारस्थित दोमलाल राजवंशी खेल मैदानमा सम्पन्न खेलमा आर्मीका लागि खेलको ४३ औं मिनटमा फ्रि किकमार्फत जर्ज प्रिन्स कार्कीले एक मात्र निर्णायक गोल गरे ।

उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो सेमिफाइनल खेल आयोजक रमपम झापा–११ र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।

Share Now

Leave a comment.